2026-08-20 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल

काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरी (स्टोन) को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार शल्यक्रिया गरेको उनको सचिवालयले जनाएको छ।

चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा करिब २२ एमएम आकारको ढुंगा भेटिएको थियो, जसलाई सफलतापूर्वक निकालिएको छ। यसअघि, चैत १४ गते भक्तपुरको गुण्डु स्थित निवासबाट पक्राउ परेका ओलीलाई स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान अस्पताल भर्ना गरिएको थियो।

ओलीको पक्राउपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

पछि अदालतले चैत २३ गते बेलुका अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। सोही क्रममा २४ चैतमा उनी थुनामुक्त भएका भए पनि स्वास्थ्य अवस्थाका कारण अस्पतालमै राखेर उपचार जारी राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण