2026-08-20 08:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ

काठमाडौँ | कपिलवस्तु प्रहरीले स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मायादेवी गाउँपालिका– ८ बरकुलपुरका २१ वर्षीय अभिषेक गुप्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।

सोमबार दिउँसो कपिलवस्तु नगरपालिका–२ स्थित जमुवार पुलबाट पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको लु १८ प ८७४७ नम्बरको गुप्ताले चलाएको मोटरसाइकललाई पछ्याउँदै प्रहरीले उनलाई पक्राउ गरेको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले गुप्तालाई झन्डै ६ किलोमिटर बढी पिछा गरी साधा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको डिएसपी सिंहले बताए।

चेकजाँचका लागि रोक्ने क्रममा गुप्ता मोटरसाइकल सहित भागेका थिए। प्रहरीले पिछा गर्दै कपिलवस्तु नगरपालिका– १ स्थित जिल्ला प्रशासन कार्यालय तौलिहवा नजिकैबाट गुप्ता पक्राउ परेका थिए। पक्राउपछि खानतलासीका क्रममा मोटरसाइकलको डिक्की र सिटमुनि गुप्ताले लुकाइछिपाइ राखेको अवस्थामा भारतीय ५०० दलका २४ गड्डी नोटहरू बरामद भएको डिएसपी सिंहले बताए। बरामद भारतीय रुपैयाँ थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह