2026-10-21 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ | बालेन्द्र शाह ‘बालेन’ विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सुनुवाइ सम्पन्न भएको छ र अब आदेश आउने तयारीमा छ। शुक्रबार (वैशाख ४) सर्वोच्च अदालत मा न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापा को संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो। दुवै पक्षको बहस सकिएसँगै अदालतले आदेश तयार पारिरहेको छ।

यो अवहेलना मुद्दामा बालेन विगत तीन वर्षदेखि नियमित रूपमा अदालत धाइरहेका छन्। यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले बालेनले वारेसमार्फत तारिख धान्न पाऊँ भन्ने माग अस्वीकार गर्दै, मुद्दाको गम्भीरता हेरेर उनी स्वयं उपस्थित हुनुपर्ने आदेश दिएको थियो।

अदालतको सो आदेशपछि बालेन आफैं तारिखमा उपस्थित हुँदै आएका छन्। पृष्ठभूमिमा, उच्च अदालत पाटन ले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म प्रदर्शन नरोक्न अन्तरिम आदेश जारी गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका थिए। उक्त अभिव्यक्तिमा अदालतको आदेश अवज्ञा गर्ने संकेत दिएको आरोप लगाउँदै अधिवक्ता वर्षाकुमारी झा ले अवहेलना मुद्दा दायर गरेकी हुन्। उनले सामाजिक सञ्जालमा अदालत र सरकारलाई जोडेर आपत्तिजनक टिप्पणी गरिएको दाबी गरेकी छन्।

बालेनले फेसबुकमार्फत “सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई आधार बनाएर मुद्दा अघि बढाइएको हो। उक्त अभिव्यक्ति ०८० असार ७ गते सार्वजनिक भएको बताइएको छ। निवेदनमा न्याय प्रशासन ऐन २०७३ को दफा १७ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ५९ अनुसार अवहेलनाजन्य कसुरमा अधिकतम सजाय माग गरिएको छ। अधिवक्ता झाका अनुसार, सार्वजनिक पदमा बसेका व्यक्तिले कानुन र अदालतको आदेश अक्षरसः पालना गर्नुपर्नेमा सामाजिक सञ्जालमा दिइएको यस्तो अभिव्यक्ति क्षमायोग्य हुन नसक्ने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ