2026-06-27 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल

काठमाडौँ | काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताएका छन् । कामपाको ४८औँ कार्यपालिका बैठकमा उनले कामपाका पूर्वप्रमुख वालेन्द्र शाह सङ्घीय सरकारको प्रधानमन्त्री रहनुका साथै सहरी विकास र व्यवस्थापन विज्ञका रूपमा कामपाका काम गरेका शिक्षामन्त्री सस्मित पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल रहनुले काम गर्ने सहज वातावरण बन्दै गएको धारणा राखे ।

स्थानीय सरकार राम्ररी बुझेका व्यक्तित्वहरू नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री पदमा रहेकाले आगामी दिनमा समन्वय र सहकार्यका लागि सहज हुने कार्यवाहक प्रमुख डङ्गोलले विश्वास व्यक्त गरे । उनले भने ‘अहिले कामपाको प्रतिष्ठा बढेको छ । यो काठमाडौँको समृद्धिका लागि ठूलो अवसर पनि हो ।’

बैठकले विपद् व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रोमार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ गरी दुईवटा कार्यविधि स्वीकृत गरेको छ । तीनवटा कार्यविधि संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ । सहमति प्रदान गरिएका कार्यविधिहरूमा ‘श्रम बैंक सञ्चालन कार्यविधि, २०८०’, ‘पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि, २०७८’ र ‘साझेदारी तथा लगानी ऐन, २०७९’ रहेका कामपा प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी