2026-09-10 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असनमा आजदेखि हरेक शनिबार सवारी निषेध

काठमाडौँ | काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक केन्द्र असन क्षेत्रको प्राचीन मौलिकता जोगाउन आज (शनिबार) देखि ‘भेहिकल फ्री असन’ कार्यक्रम विधिवत् रूपमा सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले असनको सामाजिक, सांस्कृतिक तथा व्यापारिक गरिमालाई पुनर्जीवित गराउने उद्देश्यले हरेक शनिबार यस क्षेत्रमा सवारी साधन प्रवेशमा पूर्ण रोक लगाएको हो ।

आज वैशाख ५ गतेदेखि लागू हुने गरी असन प्रवेश गर्ने मुख्य नाकाहरूमा सवारी साधन चल्न दिइएको छैन । जमल (कमलाक्षी), भोटाहिटी, महाबौद्ध र इन्द्रचोकबाट असनतर्फ जाने सवारी साधनलाई रोक लगाइएको छ । असन आउने आगन्तुकहरूका लागि धरहराको भूमिगत पार्किङ, जमल बहाल र दरबार हाईस्कुल लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार, अब हरेक शनिबार असनमा सवारीको कोलाहल हुने छैन । त्यसको सट्टा यहाँ : रैथाने ज्ञान, सीप र परम्परागत कलाको प्रदर्शनी हुनेछ ।

स्थानीय बाजागाजा, गायन र नृत्यका कार्यक्रमहरू सञ्चालन गरिनेछन् । परम्परागत व्यापारिक क्रियाकलाप र आयुर्वेदिक औषधिहरूको प्रवर्द्धन गरिनेछ । महानगरपालिकाको वडा नं. २७ को नेतृत्व र स्थानीय क्लबहरूको सक्रियतामा सुरु भएको यस अभियानले असनको वायु प्रदूषण कम गर्न र पैदल यात्री, विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो