2026-06-27 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा वा भाँगोको जस्तो देखिने प्रतिबन्धित तेलसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय अमेरिकी नागरिक ओग्नियन पेट्रोभ रहेका छन्। अमेरिकी राहदानीबाहक पेट्रोभ शुक्रबार एयर इन्डियाको उडानमार्फत काठमाडौँबाट दिल्ली जान लागेका थिए।

विमानस्थलको प्रस्थानतर्फको ‘होल्ड ब्यागेज चेकिङ’ क्षेत्रमा एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेज शंकास्पद देखिएको थियो। सुरक्षाकर्मीले ब्यागेज खोलेर जाँच गर्दा १।२५ लिटरका ५ वटा बोतलमागाँजा वा भाँगोको जस्तो देखिने तेल फेला पारेका थिए।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राज कुमार सिलवालका अनुसार पक्राउ परेका पेट्रोभ र बरामद गरिएको सामग्रीलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि लागू औषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी