२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल

२०८३, ५ बैशाख शनिबार १७:४९

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक बहस अघि सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लागि अहिलेको मुख्य कार्यसूची पार्टी पुनर्गठन रहेको स्पष्ट पारे ।

उनले निर्वाचनपछि पार्टीभित्र र बाहिर उठाइएको वाम एकताको बहसप्रति प्रश्न उठाउँदै यस्तो चर्चा पर्दाभित्रबाट कसले र किन चलाइरहेको हो भन्ने जिज्ञासा व्यक्त गरेका छन् । पौडेलले लेखेका छन्, ‘निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो। यस यथार्थबाट ध्यान मोड्ने गरी वामपन्थी एकताको असान्दर्भिक चर्चा किन र कसले चलाइरहेका छन् ?’

२१ फागुनमा सम्पन्न निर्वाचनपछि एमालेभित्र निराशा बढेको सन्दर्भमा केही नेताहरूले वाम ध्रुवीकरण वा एकताको आवश्यकता औँल्याउँदै आएका छन् । तर पौडेलले भने अहिले एकताको बहसभन्दा पनि हारको वस्तुनिष्ठ समीक्षा गर्दै संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ