
काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ घटेको हो।