काठमाडौँ | यतिबेला काठमाडौँ उपत्यका वायु प्रदूषण बढेको छ। हावाको गुणस्तर मापन गर्ने वेबसाइट आक्यू एयरका अनुसार बिहीबार अपराह्न ४ बजे नेपाल विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा छ।
आइक्यू एयरका अनुसार काठमाडौँको एक्युआई २०४ छ। यस्तै, पाकिस्तानको लाहोर १५१ एक्युआईसहित दोस्रो, बंगलादेशको ढाका १३४ एक्युआईसहित तेस्रो, अल्जेरियाको अल्जियर्स १३२ एक्युआईसहित चौथो र थाइल्याण्डको चियाङ माई १२४ एक्युआईसहित विश्वका प्रदूषित शहरको पाँचौँ नम्बरमा छ।
पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाको आकाश धुम्म छ। अहिलेको अवस्थामा ‘मर्निङ वाक’लगायतका बाहिरी शारीरिक व्यायाम गर्न नहुने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विज्ञहरूको सुझाव छ।