2026-06-27 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूको दीर्घकालीन समाधानका लागि सरकार सक्रिय रहेको बताएका छन् । हरेक वर्ष दोहोरिने बाढीका कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था अन्त्य गर्न अब ढिलाइ नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत विगतका वर्षहरूमा बाढीका कारण नदी किनारका बासिन्दाले ज्यान जोगाउन मात्र भाग्नुपरेको र आफ्नो सम्पत्ति छाड्नुपरेको पीडादायी अवस्थाको स्मरण गराउँदै यस्तो समस्या अब दोहोरिन नदिने बताएका छन् । “अब पनि दुर्घटना पर्खेर बस्ने कि नागरिकको जीवन सुरक्षित बनाउने ?” भन्ने प्रश्न गर्दै उनले जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै उपयुक्त विकल्प भएको उल्लेख गरेका छन् ।

उनकाअनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिनेछ । यस कदमले बाढी जोखिम न्यूनीकरणसँगै काठमाडौँको ढल निकास प्रणाली सुधारमा समेत सहयोग पुग्ने सरकारको विश्वास छ । नदी किनारका अव्यवस्थित बस्तीका कारण ढल व्यवस्थापनमा अवरोध हुँदै आएको र यसले नदीहरू प्रदूषित बनाएको उनले बताए ।

प्रधानमन्त्री शाहले आफूले उम्मेदवार हुँदा गरेका प्रतिबद्धता, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र तथा सरकारका ‘१०० प्राथमिक काम’ भित्र समेटिएका सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणका कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको पनि स्पष्ट पारे । सरकारले वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर वास्तविक पीडितलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ । देशभर रहेका लाखौँ सुकुम्बासीको समस्या समाधान गर्ने दीर्घकालीन योजना बनाइरहेको सरकारको दाबी छ ।

प्रधानमन्त्री शाहले नागरिकलाई आश्वस्त पार्दै जोखिमरहित बसोबास व्यवस्था नागरिकको मौलिक अधिकार भएको र त्यसको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी