काठमाडौँ | भक्तपुरको मनोहरा खोला किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु भएको छ । हिजो ढुङ्गामुढा भएको ठाउँबाटै बस्ती हटाउन सुरु भएको हो । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि साँझ त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।