२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो

२०८३, १४ बैशाख सोमबार १६:२१

काठमाडौँ | वर्षाका कारण दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालय भक्तपुरको कर्मचारी चन्द्रबहादुर लामाले बीपी राजमार्ग रोशि गाउँपालिकास्थित सडक खण्डको ५ स्थानमा ड्राइभर्सन निर्माण भएको बताए । रोशि गाउँपालिका खण्डको घुमाउने,चौकिडाँडा,चारसय बेसि,चिउरिबास र बोक्सिकुनामा अस्थायी बाटो निर्माण सकेपछि सड़क खुलेको लामाले बताए । अस्थायी ड्रैभर्सन निर्माण सकेर बीपी राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी काभ्रे प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए ।

राजमार्ग खुलाउनको लागि सडक डिभिजन, स्थानीय सरकार मिलेर सड़क खुलाउने काम भएको प्रहरी निरीक्षक धाजुले बताए । दुईदिन परेको पानीले रोशि खोला बढेपछि पूर्वबाट धुलिखेल तर्फ आउने सवरी खुर्कोटमा होल्ड गरेको थियो । बीपी बन्द भएपछि पुष्पलाल मार्ग रामेछाप,दोलखाहुँदै काठमाडौँ जाने सवारी साधन लामो दुरी पार गर्न बाध्य थिए । गत वर्षको बाढीले राजमार्ग पूर्ण क्षति पुगेपछि हाल सामन्य वर्षा भएसँगै राजमार्ग बन्द भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा