2026-09-10 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ | नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–५ निवासी ३८ वर्षीय सत्य नारायण चौधरीसहित रहेका छन्। नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयका अनुसार उनीहरूसँगबाट २ वटा झोलामा राखिएको ४० बण्डल नक्कली मुद्रा जस्तो कागज, बा.प्र.०१०३२ च ७३१२ नम्बरको ईभी मिनी हायस गाडी, बा ४७ प ५४११ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल तथा विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरिएको छ।

अनुसन्धानबाट उक्त गिरोहले सुरुवातमा सानो रकमको कारोबार गर्दा सक्कली मुद्रा प्रयोग गरी पीडितको विश्वास जित्ने र पछि ठूलो रकमको कारोबारमा नक्कली मुद्रा जस्तो देखिने कागजको बण्डल दिएर ठगी गर्ने गरेको खुलेको छ। त्यस्तै, ‘जग्गा मिलाइदिन्छु’ भन्दै बैना रकम लिने र पछि काम गर्न नसकिने बहाना बनाएर नक्कली नोट दिएर ठगी गर्ने गरेको पनि प्रहरीले जनाएको छ।

गिरोहका सदस्य मिलन कुमार तामाङले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने प्रलोभन देखाएर एक पीडितबाट करिब ५ लाख रुपैयाँ ठगी गरेको तथ्य समेत खुलेको छ। प्रहरीका अनुसार यस गिरोहमा संलग्न अन्य व्यक्तिहरू पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन्। भबिन्द्र कुमार तामाङ यसअघि जुवा ऐन अन्तर्गत पक्राउ परेका थिए । मुना धामी हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेको रेकर्ड रहेको छ। यस्तै, प्रबिण महतो बैंकिङ कसूर तथा ठगी मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो