काठमाडौँ। नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो ।