Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा वाम उम्मेदवारको टुंगो नलाग्नुको कारण यस्तो पो रहेछ !

२०७४, १० कार्तिक शुक्रबार ०८:३२

कात्तिक १०, बनेपा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । 

नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भएपनि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिश मात्रै गरेको छ । 

प्रदेशसभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीकातर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको छ । प्रदेशसभाका लागि कसैको नाम पनि टुंगो लागेको छैन, नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर वाइवाले भन्नुभयो । 

उहाँले आज बस्ने जिल्लाको पदाधिकारी तहको बैठकले पनि केही निर्णय गर्ने उल्लेख गर्दै केन्द्रबाट कार्यदलको निर्णय पनि आउने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष दिनानाथ गौतमले नेकपा (एमाले) सँगको सहकार्यका लागि निर्वाचन क्षेत्र नं १ टुंगो लागे पनि उम्मेदवार टुंगो नलागेको बताउनुभयो । 

उहाँले त्यस क्षेत्रका लागि कमानसिंह लामा, सूर्यमान दोङ, रुकु चौलागार्इं, रेणुका चौलागार्इंको नाम केन्द्रमा सिफारिश भएको बताउनुभयो । 

“सर्वसम्मत नभएपछि सिफारिश गरेर केन्द्रमा पठाएका छौँ”– उहाँले भन्नुभयो । उता नेपाली काँग्रेसले जिल्लाको क्षेत्र नं १ मा तीर्थ लामा र २ नं क्षेत्रमा पार्टी सभापति मधु आचार्यको नाम टुंगो लगाएको छ, तर प्रदेशसभामा कुनैपनि उम्मेदवारको टुंगो लागेको छैन । 

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य महेश पौडेलले प्रदेशसभाका लागि क्षेत्र नं १ को (क) बाट सिवी लामा र २ को (ख) बाट कञ्चनचन्द्र वादेको नाम टुंगो लगाएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चारजना निर्वाचित हुनेछन् । काभ्रेपलाञ्चोकमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ