2026-07-11 04:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनमा नयाँ नेतृत्वको टिम तयार पार्ने प्रस्ताव आफूले नै अघि सार्ने बताएका छन्। रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अब आफूलाई अध्यक्ष भइरहन रुची नभएको बताए। यद्यपि, पार्टीभित्र पुस्तान्तरणको चर्चा भए पनि त्यसलाई उमेरसँग मात्र जोडेर हेर्न नहुने स्पष्ट पारे। नेतृत्वको छनोट विचार, नीति र एजेन्डाका आधारमा हुनुपर्ने बताए।

उनले भने, ‘हामीले पुस्तान्तरण भनैकै छैनौँ, पार्टीमा उत्तराधिकारी नयाँ उत्तराधिकारी तयार पार्ने भन्ने भाषा प्रयोग गर्छौँ। मैले गएको केन्द्रीय समिति माओवादी केन्द्र हुँदा नै अब नेतृत्वमा बसी राख्ने मेरो रुचि छैन। साथीहरूले तयारी गर्नुहोस्, म सहयोग गर्छु भनेको हुँ। महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो, तपाईँहरूलाई भ्रम छ।’

प्रत्येक कमिटीमा निश्चित प्रतिशत युवालाई समावेश गर्ने निर्णय भएको बताए। पार्टीलाई गतिशील बनाउन थ्री इन वान सिद्धान्तअनुसार अनुभवी, प्रौढ र युवा तीनै तहका नेताहरूबीच सन्तुलन आवश्यक रहेको बताए। नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अचानक सुरु भएको वा कुनै एक घटनापछि मात्रै आएको विषय नभई पार्टीको दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो