2026-09-10 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र

काठमाडौँ | नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रहरूमा देखिएको लापरवाही र अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय परीक्षा बोर्डलाई आज ध्यानाकर्षण पत्र बुझाएको छ।

नेविसंघले चितवनस्थित इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा निर्धारित समयभन्दा ढिलो सुरु गरिए पनि विद्यार्थीको उत्तरपुस्तिका १७ मिनेट अगावै संकलन गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ। संघका अनुसार प्रश्नपत्र छपाइमा ढिलाइ हुँदा परीक्षा बिहान ८ः३१ बजे सुरु भएको थियो, तर ११ः१३ बजे नै उत्तरपुस्तिका उठाइँदा विद्यार्थीले पूरा समय परीक्षा दिन पाएनन्।

यस्तै समस्या भैरहवा, बालकुमारी कन्या कलेज (काठमाडौँ), नुवाकोटलगायत अन्य केन्द्रहरूमा पनि दोहोरिएको नेविसंघले जनाएको छ।नेविसंघले दोषीमाथि कारबाही, पीडित विद्यार्थीलाई न्याय, परीक्षा व्यवस्थापनमा सुधार तथा प्रभावकारी अनुगमनको माग गरेको छ। विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने यस्ता गतिविधि स्वीकार्य नहुने भन्दै नेविसंघले समस्या समाधान नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो