2026-09-10 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा पराजित मतदाताले ममाथि गरेको विश्वासको सम्मान गर्दै यस क्षेत्रको प्रतिनिधि भएर सक्दो काम गर्नेछु
भएपनि क्षेत्रका मतदाता र विकासका मुद्दासँग सधैँ जोडिएर रहने प्रतिबद्धता जनाएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने संकेत पाएपछि काठमाडौँ फर्किएका थिए । त्यसपछि पहिलो पटक बुधबार सर्लाही गएका थापाले सर्लाही–४ अन्तर्गत धनकौलमा आयोजित मतदाता धन्यवाद तथा ‘जरा अभियान’ कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले आफू हार्दा धेरै नेता–कार्यकर्ता तथा शुभेच्छुक भावुक बनेको उल्लेख गरे ।

उनले आफूलाई साथ, सद्भाव र सहयोग गर्ने सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिप्रति आभार व्यक्त गरे ।‘म हार्दा धेरै साथीहरू रुनुभयो । मेरा लागि सद्भाव र सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने, ‘हजुरहरूको माया र विश्वासले म रत्तिभर पनि विचलित भएको छैन । सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु।’

सभापति थापाले निर्वाचनअघि गरेका प्रतिबद्धताअनुसार शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रको सुधारका लागि आफ्नो टोलीले अध्ययन तथा योजना निर्माणको काम अघि बढाइसकेको बताए ।‘निर्वाचनअघि नै शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रको विकासका लागि मेरो टोलीले अध्ययन–अनुसन्धान सुरु गरिसकेको थियो,’ उनले भने, ‘अब त्यसैको निष्कर्षका आधारमा यी क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम अघि बढाइनेछ ।’

प्रतिनिधिसभामा निर्वाचित हुन नसके पनि सर्लाही–४ का जनताको प्रतिनिधिका रूपमा आफू निरन्तर सक्रिय रहने उनको भनाइ थियो । ‘आगामी पाँच वर्षसम्म म प्रतिनिधिसभामा यहाँको सांसदका रूपमा नरहे पनि झन्डै २३ हजार मतदाताले ममाथि गरेको विश्वासको सम्मान गर्दै यस क्षेत्रको प्रतिनिधि भएर सक्दो काम गर्नेछु,’ उनले भने, ‘म यहाँको भाषा पनि सिक्छु र गाउँ–गाउँ पुगेर मतदातासँग संवाद गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो