2026-09-10 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

काठमाडौँ | शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा परे तापनि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइका लागि विशेष व्यवस्था गरेको छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार (बैशाख १७ गते) एक सूचना जारी गर्दै बैशाख १८ गते शुक्रबारका दिन बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्न अदालत खुला रहने जानकारी दिएको हो ।

सूचना अनुसार बैशाख १८ गतेदेखि २० गतेसम्म लगातार सार्वजनिक बिदा परेको र सो अवधिमा अदालत बन्द रहने भए तापनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम यो व्यवस्था गरिएको हो । भोलि शुक्रबार बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म सर्वोच्च अदालतको इजलास खुला रहनेछ ।

नागरिकको व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सार्वजनिक बिदाका दिन पनि सुनुवाइ गर्ने कानुनी प्रावधान र परम्परा अनुसार सर्वोच्चले यो निर्णय गरेको हो । अन्य नियमित मुद्दाहरूको सुनुवाइ भने बिदा सकिएपछि मात्र सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो