काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि आइतबारका लागि पार्टी सचिवालयको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक वैशाख २० गते दिउँसो १२:३० बजे बस्न लागेको हो।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्ने उक्त बैठकमा सचिवालयका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ। बैठकमा पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा र समसामयिक राजनीतिक घटनाक्रमबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ।