2026-06-20 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो देश गरिबको पनि हो: हर्कराज राई

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुमवासी बस्ती हटाउने सरकारको कदमको विरोध गरेका छन्। सोमबार काठमाडौँको थापाथलीस्थित हटाइएको सुकुमवासी बस्तीमा पुगेर अध्यक्ष राईले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने नीति स्वीकार्य नहुने बताए।

उनले सुकुम्बासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गास, वास र कपासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। “सुकुमवासीलाई विस्थापित गर्नु हुँदैन, उहाँहरू पनि नेपाली नागरिक हुन्। यो देश गरिबको पनि हो,” उनले भने।

अध्यक्ष राईले गरिब नागरिकलाई सडकमा बस्न बाध्य पार्नु राज्यको दायित्व विपरीत हुने उल्लेख गर्दै उनीहरूको लागि उचित आवास व्यवस्थापन गर्नुपर्ने माग गरे।

राज्यले सबै वर्ग र तहका नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सुकुमवासी समस्याको दीर्घकालीन र मानवोचित समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते