काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।
उक्त बैठकमा बोर्डका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको बताए । कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम संसद् समन्वय बोर्ड गठन गरिएको थियो ।