काठमाडौँ | बीपी राजमार्गमा राति सवारी चलाउन रोक लगाइएको छ । रोशी खोला क्षेत्रमा बाढीले सडक अवरुद्ध हुन थालेपछि सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले बीपी राजमार्गमा रातका समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा चल्ने सबै प्रकारका सवारीलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि रोक लगाएको जनाएको छ ।