काठमाडौँ | काठमाडौँको कीर्तिपुरमा एक युवकको हत्या भएको छ। कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा अन्दाजी २३ वर्षीय विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार घटना बुधबार दिउँसो २: २५ बजे भएको हो।
साथीहरूबीच नै झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुई जनाले धारिलो हतियारले कीर्तिपुर-३ ढल्पा बस्दै आएका घिमिरेमाथि प्रहार गरेका थिए। उनलाई कीर्तिपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।