2026-11-09 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान

काठमाडौँ | पश्चिम एसियामा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ। चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर्दै रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ। बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भएको वार्तापछि चिनियाँ विदेशमन्त्री वाङ यीले जारी गरेको वक्तव्यमा पश्चिम एसियामा जारी शत्रुता अब ढिलाइ नगरी अन्त्य गर्नुपर्ने स्पष्ट सन्देश दिइएको छ।

वाङ यीका अनुसार चीनले लडाइँको ‘पूर्ण समाप्ति’ तत्काल हुनुपर्ने ठान्छ र शत्रुता पुनः सुरु हुनु अस्वीकार्य छ। उनले वार्ता निरन्तर जारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै सबै पक्षलाई कूटनीतिक समाधानतर्फ फर्कन आग्रह गरे। उनले विशेष रूपमा स्ट्रेट अफ हर्मुजमार्फत समुद्री यातायात सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय समुदायको तत्काल आह्वानप्रति सम्बन्धित पक्षहरूले छिटो प्रतिक्रिया दिनुपर्ने बताए। आणविक मुद्दाबारे टिप्पणी गर्दै चिनियाँ विदेशमन्त्रीले इरानलाई शान्तिपूर्ण आणविक ऊर्जा प्रयोग गर्ने अधिकार रहेको स्वीकार गर्नुपर्ने बताए। साथै, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएकोमा चीनले स्वागत गरेको उनको भनाइ छ। चीनले पश्चिम एसियामा देखिएको तनावप्रति प्रत्यक्ष आर्थिक र रणनीतिक चासो राख्छ। समुद्री विश्लेषण संस्था केप्लरका अनुसार चीनले समुद्री मार्गबाट आयात गर्ने कच्चा तेलमध्ये आधाभन्दा बढी पश्चिम एसियाबाट आउँछ, जुन अधिकांश रूपमा हर्मुज जलमार्ग हुँदै पार गरिन्छ। त्यसैले उक्त मार्ग अवरुद्ध हुँदा चीनको ऊर्जा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पर्ने जोखिम रहन्छ।

बेइजिङले पछिल्ला कूटनीतिक प्रयासमार्फत संकट समाधानमा मौन तर सक्रिय भूमिका खेल्दै आएको बताइएको छ। वाङ यीका अनुसार चीनले वासिङ्टन र तेहरानबीच बनेको नाजुक युद्धविरामलाई समर्थन गर्दै आएको र त्यसमा आफ्ना कूटनीतिक पहलहरूले पनि योगदान दिएको छ। उनले चीन आगामी दिनमा पनि तनाव घटाउन, लडाइँ अन्त्य गर्न र शान्ति वार्ता अघि बढाउन सक्रिय भूमिका खेल्ने बताउँदै पश्चिम एसियामा स्थायित्व पुनःस्थापना गर्न सबै पक्षसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने