काठमाडौँ । धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ : १४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको यो भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।