काठमाडौँ । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार होटल फरेस्ट इनको भएको छ । यस कम्पनीको १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ । यता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।