2026-06-25 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना

काठमाडौँ | काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस आज बिहान वीरगञ्जको पावर हाउस चोकमा दुर्घटनाग्रस्त भएको छ । सिकन्दर ट्राभल्सको बागमती प्रदेश ०१ ००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टेको हो । वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार काठमाडौँबाट रात्रि सेवामा गुडेको उक्त बस आज बिहान आफ्नो गन्तव्यमा पुग्नै लाग्दा पावर हाउस चोक नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनाका समयमा बसमा सवार यात्रुहरूको यकिन सङ्ख्या नखुले पनि बसमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बस अचानक पल्टिँदा भित्र रहेका यात्रुहरू केही बेर निकै त्रसित बनेका थिए । दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थल पुगेका थिए । केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने गम्भीर अवस्था नरहेको बुझिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मोड काट्ने क्रममा गति नियन्त्रण हुन नसक्दा वा चालकको थकानका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक