काठमाडौँ | सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । शनिबार सो पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।
‘यो देश गरिबहरूको पनि हो’ भने नारासहित श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । सरकारले केही दिनअघि बागमती नदी किनार लगायतका सुकुमबासी बस्तीहरूमा डोजर चलाएको थियो ।