
काठमाडौँ | नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य बढेको छ। चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।