२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु

२०८३, २८ बैशाख सोमबार ११:४६

काठमाडौँ | चितवन र मोरङमा मोटरसाइकलले ठक्कर दिँदा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। चितवनको रत्ननगर नगरपालिका-१४ घोलचोकमा टाँडीबाट भट्टचोकतर्फ आउँदै गरेको ग.८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री सोही नगरपालिका-१४ बस्ने ७५ वर्षीया कृष्ण माया मगर छिन्। मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका उनको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय बकुलहर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी मोरङको रंगेली नगरपालिका-४ चोप्रहामा पनि मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ। चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र.१.०४-००३ प ००२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ७३ वर्षीया कलिया देवी मण्डलको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट घाइते उनको शनिबार राति न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

यी दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय