2026-09-09 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बू ओलीले सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका दुई नागरिकको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुमवासी बस्तीमा डोजर चलाउँदा उत्पन्न पीडाका कारण दुई जनाको मृत्यु भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी ले लिनुपर्ने जिकिर गरिन्।

प्रमुख सचेतक ओलीले सरकारले मानवीय संवेदनशीलता बेवास्ता गरेर बस्ती हटाएको आरोप लगाइन्। उद्धार वा व्यवस्थापनको नाममा काम गरिएको भए पहिल्यै लगत संकलन र वैकल्पिक व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। उनले सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाइन्। प्रतिनिधिसभालाई छायाँमा पार्ने र कठपुतली बनाउने प्रयास भइरहेको आरोपसमेत उनले लगाइन्।

ओलीले सुकुम्बासी बस्ती हटाउनुअघि उचित व्यवस्थापन नगर्नु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो