2026-09-09 09:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधिबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधिहरू गरिरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले सोमबार सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले दुईतिहाइको सरकारले अध्यादेशबाट मुलुक चलाउनु खोज्नु र सुकुम्बासीहरूलाई अपराधी जस्तै लखेट्नु अलोकतान्त्रिक क्रियाकलाप भएको बताए । नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए ।

‘चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन’ उनले भने, ‘एउटा निर्वाचन हार्दैमा कांग्रेस सकिदैन । लोकतान्त्रिक चरित्र र लोकतन्त्रको संस्थागत बिकासका लागि कसैसँग सम्झौता हुँदैन ।’ सरकारका गतिविधीहरू लोकतान्त्रिक नभएकाले त्यसको लागि खवरदारी जरुरी भएको उनले औँल्याए । पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थित गरेर पार्टीलाई अगाडि बढाउने कुरामा सबै नेताहरूसँग छलफल भइरहेको उपसभापति शर्माले बताए ।

पार्टीभित्रका विवाद मिलाएर एकताबद्ध कांग्रेसका लागि सबै पक्षसंग संवाद भइरहेको उनले जानकारी दिए । पार्टीभित्रको बृहत एकताका लागि सबै नेताहरूलाई पार्टीले सम्मान गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो