Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनचाँदीको मूल्य बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा चार हजार चार सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँ कायम भएको छ।

सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदी तोलामा तीन सय ५५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार छ सय ९५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो।