२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले

२०८३, २९ बैशाख मंगलवार १२:२७

काठमाडौँ | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले बजेट तयारीको काम भइरहेका बेला सांसदहरुको अनौपचारिक रुपमा भेटघाट बाक्लो भइरहेको बताएका छन् । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले बजेट तयारीको काम भइरहेको हुँदा पनि धेरै सांसदहरुले नीतिगत भन्दा पनि बजेटकै विषयलाई लिएर भेटघाट गर्न आइरहेको बताएका छन् ।

उनले सांसदहरुले बजेटको विषयलाई चासो दिएर अनौपचारिक रुपमा व्यक्तिगत र समूहगत रुपमा समेत भेटघाट गरिरहेको जानकारी दिएका छन् । अर्थमन्त्री वाग्लेले अधिकांश सांसदहरु नीतिगत भन्दा पनि केहि साना–साना बजेटकै कुरा लिएर आउने गरेको बताउँदै यो विगतकै अभ्यास समेत भएको बताए । अर्थमन्त्री वाग्लेले यस पटक बजेटमा सिधै अर्थ मन्त्रालय प्रवेश नगर्ने र जुन मन्त्रालय अन्तर्गतको योजना हो त्यहि मन्त्रालय अन्तर्गत आउनु पर्छ भन्ने सिद्धान्तको आधारमा अगाडि बढिरहेको समेत जानकारी गराए ।

उनले सम्बन्धित मन्त्रालयमा ‘इन्ट्री’ भएर आउने र असाध्यै जायज, १६ आवधिक योजना र सरकारले नै बोलेका कुरा र वाचा र सांसदले आफ्ना निर्वाचन क्षेत्रमा गरेका वाचाका विषयमा अर्थमन्त्रालय उद्धार भए पनि त्यो चरणमा अर्थ मन्त्रालय पुगिनसकेको अर्थमन्त्री वाग्लेले बताए । अहिले पनि सांसदहरुका योजनाहरुलाई अधिकतम रुपमा बजेटमा समावेश गर्न अर्थ मन्त्रालयले काम गरिरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य