2026-08-19 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३९.४४ अंकले घट्यो

काठमाडौँ | पछिल्लो तीन कारोबार लगातार बढेको नेप्से परिसूचक मंगलबार भन घटेको छ। मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने ५ करोडले बढेको छ। मंगलबार ३३८ स्टकको ६२ हजार ५१२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँबराबरको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार ४ अर्ब ६१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। सकारात्मक सर्किट लागेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १९५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने मंगलबार सर्वाधिक १२.४० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेशनल हाइड्रोपावरको १८ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो। रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड र रिडी पावर कम्पनीको कारोबार रकम १७ करोड बढीको कारोबार भयो। १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य अंकले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह प्रश्न कालो चस्मामाथि होइन, कालो नियतमाथि गरौँ: सांसद टीका संग्रौला स्वास्थ्य बिमा सञ्चालन गर्न रास्वपा सांसद रञ्जु न्यौपानेको माग सहिदका अधुरा कामको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ : सांसद खतिवडा प्रतिनिधिसभाको बैठक सुरु सर्वोच्चको आदेशपछि किशोर श्रेष्ठ रिहा, भने– ‘सत्य मरेको छैन, कलम हारेको छैन’ मंगलबार सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो