२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल

२०८३, २९ बैशाख मंगलवार १७:०६

काठमाडौँ | नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनमा व्यहोरेको हारलाई निराशामा होइन, संकल्पमा बदल्नुपर्ने बताएका छन् । जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको बताए । यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको उनको भनाइ छ । निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन भन्दै पोखरेलले हारलाई निराशामा बदल्न नदिन पार्टी कमिटी र जनसंगठनहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिए । “हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ,” उनले भने ।

उनले पछिल्लो निर्वाचनमा कुनै एक दलको मात्र हार नभई मूलधारका राजनीतिक शक्तिहरूका लागि चुनौती भएको टिप्पणी गरे । “यो नेपालका मूलधारका दलहरूको पनि चुनौती हो,” उनले भने । पोखरेलले पार्टी जीवनमा विभिन्न तरंग र चिन्ता स्वाभाविक हुने उल्लेख गर्दै पार्टी कमिटी र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन आग्रह गरे । उनले निराशालाई आशामा बदल्ने जिम्मेवारी संगठनको भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस