2026-08-19 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण

काठमाडौँ | केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता वा दरपिठ नगरेकोमा नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ। महासचिव केदारप्रसाद कोइरालाद्वारा आज जारी विज्ञप्तिमा विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेस भएका निवेदन प्रशासनले दर्ता नगरेकामा ध्यानाकर्षण गराएको उल्लेख छ।

‘कानुनअनुसार इजलाससमक्ष सम्बन्धित शाखामा निवेदनसहितको फाइल पेस गरेकामा सम्मानित सर्वोच्च अदालत प्रशासनले दर्ता वा दरपिठ दुवै नगरी मौनता साधी आएको भनी यस एसोसिएसनमा निवेदन दर्ता हुन आएको हुँदा यसका सम्बन्धमा सर्वोच्च अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ।

बारले जस्तोसुकै अवस्थामा पनि अदालत सदैव खुला र निष्पक्ष रहनुपर्नेमा निवेदन दर्तामै आलटाल गरिएमा अन्यत्रको अवस्था कस्तो होला भनी प्रश्न खडा भएको जनाएको छ। ‘संविधान प्रदत्त अधिकार र न्यायमा अवरोध नहोस् भनी अविलम्ब दरपिठ निवेदनउपर निकास दिन एवं न्याय प्रशासन निष्पक्ष छ भन्ने जनभावना स्थापित गर्न तथा न्यायको प्रवाह निरन्तर रहोस् भनी यस एसोसिएसन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह प्रश्न कालो चस्मामाथि होइन, कालो नियतमाथि गरौँ: सांसद टीका संग्रौला स्वास्थ्य बिमा सञ्चालन गर्न रास्वपा सांसद रञ्जु न्यौपानेको माग सहिदका अधुरा कामको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ : सांसद खतिवडा प्रतिनिधिसभाको बैठक सुरु सर्वोच्चको आदेशपछि किशोर श्रेष्ठ रिहा, भने– ‘सत्य मरेको छैन, कलम हारेको छैन’ मंगलबार सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो