2026-09-09 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य भन्दै बुधबारको बैठक अवरोध गरेका विपक्षी दलले आज भने बैठक चल्न दिएका छन् । नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराएका सांसदहरूले आफ्नो प्रस्ताव पेस गरिरहेका छन् । त्यसअघि विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री उपस्थित नभए बैठक अवरोध गर्ने बताएका छन् । अघिल्लो संसद्मा रास्वपाका सांसद मनिष झाले बोलेको ‘संसद् चिया चौतारी होइन, आउन मन लागे आउने, जतिबेला पनि उठेर जाने’ भन्ने भनाइ स्मरण गराउँदै सभामुखले बैठक चल्ने अवस्था बनाउने विश्वास व्यक्त गरे ।

यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद् आउन प्रधानमन्त्रीलाई केले रोक्यो भन्दै प्रश्न गरे । उनले सुकुम्वासीको बस्तीमा डोजर चलाउन व्यस्थ भएकाले आउन नसकेको हो कि भन्ने प्रश्न गरे । यस्तै राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले प्रधानमन्त्री बालेनले संसद्लाई विश्वास नगरेको हो कि भन्ने देखिएको बताइन् । उनले आफूहरूले सुकुम्वासी बस्ती र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा छलफल गर्दा प्रधानमन्त्री बैठकमा नआएकोमा आपत्ति प्रकट गरिन् । उनले भनिन्, ‘पहिलो अधिवेशनमा पनि उहाँले सम्बोधन गर्नु भएन । दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पनि हिँड्नुभयो ।’

आजको बैठकमा छलफल मात्र हुने गरी बैठक चल्न दिने वातावरण बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो