Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनचाँदीको मूल्यमा गिरावट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार उक्त परिणामको सुन तीन लाख दुई हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भएको छ । बिहीबार सोही परिणामको सुन ५ हजार ७४५ रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।