2026-07-11 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

५६ लाखको अवैध भेपसहित सात जना पक्राउ

काठमाडौँ | तातोपानी नाका क्षेत्रको जंगलबाट करिब ५६ लाख ७० हजार रुपियाँ मूल्य बराबरको अवैध भेपसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ कार्य इलाका प्रहरी कार्यालय कोदारी लार्चाले गरेको हो । उक्त प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगतबहादुर राईको नेतृत्वमा खटिएको टोलीले भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै अरनिको राजमार्गको करिब १० किलोमिटर भित्री सडकबाट उक्त भेप बरामद गर्दै तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा बोक्चेनको भित्री बाटो हुँदै अवैध भेप तस्करी भइरहेको जानकारी पाएपछि इन्स्पेक्टर राईको टोलीले कारबाही गरेको हो । पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल विक, ३७ वर्षीय मंगलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन् ।

शुक्रबार राति करिब ९:३० बजे उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले १,६२० थान भेप बरामद गरेको छ । बरामद भेपको धनीको पहिचान गर्न थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

बरामद सामान आज तातोपानी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको र पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या