काठमाडौँ | आईसीसी विश्व कप लिग–२ मा अमेरिकामाथि नेपालले साननदार जित निकालेको छ । कुशल भुर्तेलको शतकीय पारीको मदतमा आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित निकालेको हो।
शुक्रबार कीर्तिपुरमा भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा मात्र १ विकेट गुमाउँदै पूरा गरेको हो।