Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८३ जेठ ०३ गते, राति १२:०७ बजे मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। आनन्दमार्गबाट लाचोकतर्फ जाँदै गरेको बा.९२ प ३१३१ नम्बरको मोटरसाइकल गए राति अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा भरतपुर महानगरपालिका–४ का २१ वर्षीय अनिष कुमाल गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।