Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८३ जेठ ०४ गते, राति ९:३२ बजे काठमाडौँ - KTM, खेलकुद, मुख्य समाचार

स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक क्रिकेटमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

सोमबारको खेलमा १९५ रनको चुनौती नेपालले ३८ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले९८ बलमा अविजित रहँदै ७४ रन जोडे । इशान पाण्डेले ६१ बलमा ५५ रन बनाए । दुवैबीच तेस्रो विकेटका लागि १०४ रनको साझेदारी भएको थियो । पाण्डेले दोस्रो एक दिवसीय खेलमै अर्धशतक बनाएका हुन् ।

यसअघि स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ३९ ओभर १ बलमात्र क्रिजमा टिकेर १९४ रन बनायो । ब्रेन्डन म्याकमुलेनले ४४ बलमा ७३ तथा माइकल इङलिशले ७२ बलमा ५१ रन जोडे पनि टिमले उच्च योगफल जोड्न सकेन । नेपालका लागि ललित राजव‌ंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले ७३ खेलमै डेढ सय विकेट लिने कीर्तिमानसमेत रचेका छन् । सोमपाल कामी दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १ विकेट लिए । नेपालले यसअघि अमेरिकालाई ९ विकेटले हराएको थियो भने स्कटल्याण्डसँग मात्र २ रनले हारेको थियो ।