2026-09-09 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभाको बैठक शुरू

काठमाडौँ | सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक संसद् भवनमा शुरू भएको छ। आजको बैठकमा सरकारका तर्फबाट निर्वाचन र मतदाता नामावलीसँग सम्बन्धित दुईवटा महत्त्वपूर्ण विधेयकहरू संसद्मा पेस गर्ने मुख्य कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र साह बालेनको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त अनुमति प्राप्त भए लगत्तै आजैको बैठकमा सो संशोधन विधेयक संसद्मा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।

यसै गरी, मन्त्री गौतमले नै प्रधानमन्त्री तथा गृहमन्त्री साहको तर्फबाट ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक समेत सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

यी दुवै विधेयक संसद्मा पेस भएपछि आगामी निर्वाचन प्रणाली र मतदाता नामावली दर्ता प्रक्रियामा कानुनी सुधारका लागि संसदीय छलफलको बाटो खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो