2026-07-11 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव

काठमाडौँ | युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकार ‘जिरो टोलरेन्स’ नीतिमा रहेको बताएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित विगतका करिब ४० हजारभन्दा बढी फछ्र्योट नभएका उजुरीलाई वर्गीकरण गरी समयसीमा निर्धारण गरेर समाधान गर्ने नीति लिइएको जानकारी दिए ।

उनले भने, ‘संसदमा माननीयज्यूहरूले उठाउनु भएको र मन्त्रालय पनि चिन्तित रहेको विषय वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितता हो । यी विषयप्रति सरकारको जिरो टोलरेन्स नीति रहेको छ । ठगी नियन्त्रणका लागि विगत, वर्तमान र भविष्यका चरणलाई छुट्टाछुट्टै रूपमा वर्गीकरण गरेका छौं ।’

मन्त्री यादवका अनुसार आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी मुद्दा तथा अनुसन्धानका काम सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ । उनले दैनिक ठूलो संख्यामा उजुरी तथा ठगीसम्बन्धी निवेदन आउने गरेको उल्लेख गर्दै ती गुनासा तत्काल सम्बोधन र फछ्र्योट गर्न ‘डेडिकेटेड कमान्ड सेन्टर’ स्थापना गरिएको बताए । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा श्रमिक सहजीकरणका लागि ‘श्रम हेल्प डेस्क’ स्थापना गरेर सेवा प्रदान भइरहेको जानकारी दिए ।

‘आगामी दिनमा ठगी नियन्त्रण गर्दै वैदेशिक रोजगारीलाई पारदर्शी र न्यायोचित बनाउन समग्र व्यवस्थापन प्रणालीलाई पूर्णरूपमा डिजिटलाइज गर्ने हाम्रो नीति छ,’ मन्त्री यादवले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या