२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ३०.०८ अंकको वृद्धि

२०८३, ६ जेष्ठ बुधबार १५:४७

काठमाडौँ | साताको दोस्रो कारोबार दिन घटेको सेयर बजार तेस्रो दिन भने दोहोरो अंकले बढेको छ । बुधबार बजार ३०.०८ अंक (१.१० प्रतिशत)ले बढेको हो । यससँगै बजार मापक २७५४.४८ विन्दुमा पुगेको छ । अघिल्लो दिन मंगलबार बजार ६.५१ अंकले घट्दा नेप्से २७२४.३९ विन्दुमा झरेको थियो । यसदिन हरियाली छाएको सेयर बजारमा ३४६ कम्पनीको कारोबार हुँदा २४९ कम्पनीको सेयर मूल्य बढेको छ । तर, २१ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुधबार कुल तीन अर्ब ८० करोडको कारोबार हुँदा १ करोड ६ लाख ४० हजार ५०८ कित्ता सेयर किनबेच भयो । अघिल्लो दिनको कारोबारमा तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार सबैभन्दा धेरै कमाउने पाँच कम्पनीमा अपर लोहोर खोला हाइड्रोपावर, माउन्टेन्ट हाइड्रोपावर, बुंगल हाइड्रोपावर, शिखर पावर लिमिटेड र सिटी होटल लिमिटेड रहेको छ । यसमध्ये धेरै कमाएको अपर लोहोर खोला हाइड्रोपावरको १५ प्रतिशत सकारात्मक सर्किट लागेको छ ।

धेरै गुमाउने पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, १०.२५ प्रतिशतको एसबीएल डिवेञ्चर २०८३, १० प्रतिशत प्राइम डिवेञ्चर २०८८, बोटलर्स नेपाल र ७ प्रतिशत नेपाल एसबीआई बैंक डिवेञ्चर रहेको छ । यसदिन सबै उप समूह सूचक बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय