
काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुनको मूल्य १ सय घटेको हो भने चाँदीको मूल्य प्रतितोला ६५ रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।