2026-09-09 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारको समानुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छन् । शनिबार (जेठ ८) आयोजित ‘मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रम’मा उनले मदनका विचार वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक रहेको बताएकी हुन् ।

सञ्चारको शक्ति, जनमतको महत्त्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री सुपरिचित राजनीतिज्ञका रूपमा मदनलाई चित्रण गर्दै उनले मदनले त्यति बेला पत्रकारसङ गरेका संवादहरू आज पनि सान्दर्भिक रहेको उल्लेख गरिन् । लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू अहिले पनि राष्ट्रिय बहसका प्रमुख विषय रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मदनका विचारहरूको गम्भीर अध्ययन र समयानुकूल प्रयोग गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्– ‘जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो एलपी ग्यासमा नयाँ व्यवस्था, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने