2026-07-11 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने

काठमाडौँ | प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले समारोहमा सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई औपचारिक रूपमा गराइसकेको स्रोतले जनाएको छ । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने गर्दछ । समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ ।

तर प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहहरूमा कम देखिएका बालेन शाहले यस पटकको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार उनले समारोहमा राष्ट्रपतिले सम्बोधन गरिदिन आग्रह गर्दै पत्राचार गरेका छन् ।

“गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले टुँडिखेलमा सम्बोधन नगरी राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोधसहित पत्र पठाइएको छ,” स्रोतले जनाएको छ । गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन गराउन अनुरोध गरिएको पत्रमा उल्लेख गरिएको स्रोतको भनाइ छ ।

नेपालको संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । सो धाराको उपधारा २ अनुसार मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा राष्ट्रपतिले काम गर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित